शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

बुधबार, मंसिर ३ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो २ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी प्रवक्ता मनीष झाले बताएअनुसार, बैठकमा सहकारी ठगी मुद्दामा ललितपुरको नक्खु कारागारमा रहेका सभापति रवि लामिछानेविरुद्धको मुद्दासहित १० एजेन्डामा छलफल हुने छ।

बैठकका मुख्य एजेन्डा:
१. समसामयिक राजनीति, संवाद र सहकार्यका पहल (सभापति लामिछानेको मुद्दासहित कानुनी अवस्थाको जानकारी)।
२. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा।
३. विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित।
४. वाचापत्र कार्यदलको विस्तार।
५. संविधान परिमार्जन कार्यदलका संयोजक मनोनयन र काम सुरु गर्ने निर्देशन।
६. मिडिया अध्ययन कार्यदल (निर्वाचनसम्म दैनिक मिडिया अध्ययन, विश्लेषण र ब्रिफिङ)।
७. राजनीति अध्ययन कार्यदल (राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि अध्ययन, विश्लेषण र ब्रिफिङ)।
८. उम्मेदवार छनोट सिफारिस समितिको विस्तार।
९. रुपन्देही–३ को उम्मेदवारसम्बन्धी छलफल।
१०. विविध:
 क. राजनीतिक दल–संगठन अध्ययन कार्यदल (ठूला एवं वैकल्पिक दलको रणनीतिक अध्ययन)।
 ख. जेनजी युवालक्षित अभियान।