काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गरिरहेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने भनिएको सो बैठकका बारेमा प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आफूलाई केन्द्रित गर्दै आएको छ।