काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ। अधिवक्ता प्रेम सिलवालले राजदूत फिर्ता बोलाउने सर्वोच्च अदालतको निर्णय पालना नगरेको भन्दै यो निवेदन दायर गरेका हुन्।
सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो। हाल राजदूतहरू परराष्ट्र मन्त्रालयमै उपस्थित छन्।
अधिवक्ता सिलवालका अनुसार, निवेदनको पहिलो पेसी मंसिर ७ गते तोकिएको छ।
निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ। यो सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीविरुद्ध पहिलो अवहेलना निवेदन हो।