काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
विभागले दिएको जानकारीअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।
दिउँसोको पूर्वानुमान अनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अन्य प्रदेशका अधिकांश स्थानमा मौसम सफैँ रहने विभागले जनाएको छ।
यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ।