शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको एमाले अध्यक्ष ओलीको जिकिर

आइतबार, कार्तिक ३० २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई चुनाव गराउने अधिकार नरहेको जिकिर गरेका छन् ।

आईतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको जिकिर गरेका हुन् । ‘

अहिलेको अवस्थामा चुनाव हुनै नसक्ने ओलीको तर्क छ । प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने उनले बताए ।

‘देशको सबभन्दा ठूलो र सबभन्दा बलियो पार्टी चुनावबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु पर्छ र ? चुनाव हुने अवस्था भए हामी जान तयार छौँ,’ उनले भने ।

अध्यक्ष ओलीले सबैले तत्काल विद्धटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने समेत बताए ।