काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले मंसिर १ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँगको हालैको छलफलपछि बैठक आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिए।
पार्टीका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग पार्टी एकता गर्ने कि मोर्चा बनाएर सहकार्य गर्ने भन्ने विषयमा मुख्य छलफल हुनेछ।
हिजो मात्र पेरिसडाँडामा जसपा र नेकपाबीच पार्टी एकतासम्बन्धी वार्ता भएको थियो। दुवै पक्षका नेताहरुले वार्तालाई सकारात्मक र अगाडि बढ्न सक्ने खालको बताएका छन्।