शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएर मृत्यु

शनिबार, कार्तिक २९ २०८२

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले शनिबार राति आफ्नै शरीरमा आगो लगाएका छन्। राति करिब ११:३० बजे घरबाहिर आगनमा पेट्रोल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

राति करिब १ बजे काइला छोरा भोगेन्द्र अधिकारीले बुबालाई अचेत अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय बुधबारेलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा गएको टोलीले घटनास्थल सुरक्षित गरेको छ। थप अनुसन्धानका लागि इप्रका धुलाबारेबाट नायब निरीक्षक नकुलराज गौतमको टोली पनि पठाइएको प्रहरीले जानकारी दिएको छ।

परिवारका सदस्यहरूले डिल्लीराम अधिकारीको मृत्यु भइसकेको बताएको छन्। उनका अनुसार उनी केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए र केही महिना अघि मात्र प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराएका थिए।