शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्रीलाई एमाले महासचिवले सोधे : कुलमानलाई अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशिला कार्कीले मन्त्री कुलमान घिसिङको नैतिक वैधता सम्बन्धी गम्भीर प्रश्न उठाउनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा भनाइ राख्दै चुनावका लागि गैरदलिय सरकार गठन गरेको दाबी गर्ने प्रधानमन्त्रीले पहिले नै पार्टी गठन गरी आगामी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा निरन्तर राख्नु नैतिक रूपमा असंगत रहेको टिप्पणी गरे।

महासचिव पोखरेलले भने, “प्रधानमन्त्री सुशिला कार्कीले गैरदलिय सरकारको प्रतिबद्धता व्यक्त गर्ने तर आफ्नै पहलमा पार्टी बनाएको र चुनावी प्रतिस्पर्धामा उत्रने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुँदैन। यस्तो अवस्थामा मन्त्रीलाई तत्काल पदबाट मुक्त गर्नु नैतिक रूपमा आवश्यक देखिन्छ।”