काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि ‘चिनियाँ कम्पनी ‘ चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ।
राष्ट्र बैंकका अनुसार, यो सम्झौता नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि गरिएको हो। ५० रुपैयाँ दरका नोटका लागि मिति २०८२र०४र०९ मा बोलपत्र आह्वान गरिएको थियो।
सम्झौताका अनुसार, नोट छपाइ र आपूर्तिको मूल्य १०,४२२,५३५।२१ अमेरिकी डलर ९करिब १ करोड ४२ लाख रुपैयाँ० रहेको राष्ट्र बैंकले जनाएको छ।
यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते ९२५ जुलाई २०२५० ‘दि राइजिङ नेपाल’ राष्ट्रिय दैनिक र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो।
बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई चयन गरिएको थियो। राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न भएको जनाएको छ।