शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नवनियुक्त आईजीपी कार्की आज पदभार ग्रहण गर्दै

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन्।

गृह मन्त्रालयमा बिहान १०ः४५ बजे हुने विशेष समारोहमा गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय गरिएको हो।

फुली लगाउने समारोहपछि कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित महानिरीक्षकको कार्यकक्षमा औपचारिक रूपमा बहाली गर्ने तयारी गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्।

पूर्व आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा गएका छन्। त्यसपछि मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त आईजीपी कार्कीले २०८४ चैत १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।