बैंकको ऋण मिनाहा गर्नेदेखि प्रदेश संरचना खारेज गर्नुपर्ने लगायतका विषय समेटिएको २७ बुँदे मागपत्र पेश
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र पेश गरेको छ।
आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन्। मागपत्रमा बैंकको ऋण मिनाहा गर्नेदेखि लिएर प्रदेश संरचना खारेज गर्नुपर्ने लगायतका विषय समेटिएका छन्।
वार्ताबाट निस्किएका प्रतिनिधिहरूले गृहमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको बताएका छन्। वार्ता टोलीका एक सदस्यले भने, “गृहमन्त्रीले हाम्रो मागहरू संवेदनशील छन् र यसप्रति सकारात्मक रहेको बताउनुभयो। मन्त्रालय र सरकारले यसलाई विशेष ध्यान दिएर अघि बढाउने उहाँको भनाइ छ।”
प्रसाईंको वार्ता टोलीका अनुसार, यदि सरकारले मंसिर ७ अगाडि नै माग पूरा गरे आन्दोलन स्थगित हुन सक्छ।





