काठमाडौँ । निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ।
गौतमको निवेदनपछि आयोगले उक्त पार्टी खारेज गरेको हो। नेकपा एकीकृत समाजवादी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको लागि आयोगमा निवेदन दिएका थिए।