काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावल आज नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक रूपमा समायोजन हुँदैछन् ।
आज दिउँसो साढे १ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरी मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन घोषणा हुने भएको हो ।
कार्यक्रमलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले सम्बोधन गर्नेछन् ।
स्रोतका अनुसार, नेपाली कम्युनिष्ट पार्टीमा प्रवेशपछि डा. रावललाई नारायणकाजी श्रेष्ठ र बामदेव गौतम सरहकै वरियता दिने सहमति भएको छ ।
यससँगै लामो समयदेखि अलग अभियान सञ्चालन गर्दै आएका रावल पुनः मुख्य कम्युनिष्ट धारमा फर्कन लागेका छन् भन्ने विश्लेषण गरिएको छ ।