शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्। मन्त्रिपरिषद् बैठकले सोमबार पदमुक्त गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो।

भण्डारीको पदमुक्ति संविधानको धारा १६५ को उपधारा १ (ख) अनुसार गरिएको हो।

मधेश प्रदेशमा विवादको विषय बनेको थियो कि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउन नसक्ने स्थिति देखिएपछि कात्तिक २२ गते प्रदेशसभामा राजीनामा घोषणा गरे। त्यसपछि प्रदेश प्रमुख भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्, जसले विवाद सिर्जना गरेको थियो।

स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन्।