शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जनताको पक्षमा इमानदारीपूर्वक काम गर्दा कोही भाग्नुपर्ने अवस्था आउँदैन : डा सुनिल शर्मा

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमानदारीपूर्वक काम गर्दा कोही भाग्नुपर्ने अवस्था नआउने बताएका छन्।

उनले यो कुरा मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास गर्दै बताएका हुन्। डा. शर्माका अनुसार, जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभुति र सद्भाव पाइन्छ, र डर, भाग्ने अवस्था सिर्जना हुँदैन।

उनले मोरङ क्षेत्र नम्बर ३लाई रोलमोडल क्षेत्र भएको दाबी गर्दै, कुनै समय अमेरिकन, ब्रिटिश, युरोपियन र भारतीय अध्ययनकर्ताहरूको अनुसन्धान केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

डा. शर्माले भनेका छन्–”मोरङ पथरीशनिश्चरे–३ मा अवस्थित गोहिहोली खोलामा बन्न लागेको पुलको शिलान्यास गर्दा म हर्षित छु। यहाँका जनताको ३० वर्षदेखिको सपना अब अवश्य पूरा हुने छ।”

कार्यक्रममा प्रदेश सभाका सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो। जनताले नौमती बाजासहित हर्षोल्लास व्यक्त गर्दा डा. शर्मालाई आफ्ना सेवा कर्म अझ सशक्त बनाउन प्रेरणा मिलेको बताए।