शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

झुम्का कारागारमा कैदीको उपचारका क्रममा मृत्यु

सोमबार, कार्तिक २४ २०८२

 सुनसरी । सुनसरीस्थित झुम्का कारागारमा एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ।

आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए। अचेत सरदारलाई तुरुन्तै जिल्ला अस्पताल इनरुवामा लगिएको थियो, तर उपचारका क्रममा बिहान ६ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

सरदार दीर्घरोगी रहेका र लामो समयदेखि डाइबिटिजका औषधि सेवन गर्दै आएका थिए। उनी मानव बेचबिखन (जीउ मास्नेबेच्ने) मुद्दामा दोषी ठहर भई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशअनुसार १० वर्ष कैद सजाय काटिरहेका थिए।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सरदार झुम्का कारागारमा सो सजाय भुक्तानका क्रममा रहेका थिए।