शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेशमा नवनियुक्त मुख्यमन्त्री यादवको पदभार रोक्न तालाबन्दी, मन्त्रालयहरुमा तोडफोड

सोमबार, कार्तिक २४ २०८२

काठमाडौँ । मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको पदभार रोक्न भन्दै प्रदेशका केही मन्त्रालयमा तोडफोड र मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गरिएको छ।

आज बिहानै कांग्रेससहितका निवर्तमान सांसदहरूले कार्यालयभित्र प्रवेश गरी कार्यकक्षमा तोडफोड गरेका हुन्। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलसहितका सांसदहरूले पनि मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गरेका छन्।

मुख्यमन्त्री कार्यालय अगाडि नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका हुन् ।

प्रदेश प्रमुख सावित्रा भण्डारीले आइतबार एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। त्यसको दिनै बिहान उज्यालो नहुँदै यादवलाई महोत्तरीको एक होटलमा शपथ गराइएको थियो। सोनलले प्रदेश सभाबाट बहुमत पाउन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठन गरेको थियो।

नयाँ सरकारमा मन्त्री बनेका कञ्चन बिच्छालाई राप्रपाले तत्काल फिर्ता हुन निर्देशन दिएको छ।

यो घटनापछि दुईजना मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि मधेश प्रदेशमा नयाँ खालको राजनीतिक अस्थिरता सुरु भएको छ।