शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालेनविरुद्ध अभियान घोषणा गर्दै दुर्गा प्रसाई सुकुम्बासी बस्तीमा

बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको आरोप

आइतबार, कार्तिक २३ २०८२

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने घोषणा गरेका छन्।

आइतबार उनी काठमाडौंको मनोहरा सुकुम्बासी बस्ती पुगेर त्यहाँ भेला भएका स्थानीयलाई सम्बोधन गर्दै मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आग्रह गरे ।

उनले सुकुम्बासीहरूलाई लछारपछार गर्नेहरूका घरपरिवारलाई पनि त्यस्तै जवाफ दिने चेतावनी दिए । साथै, बालेन शाहसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको आरोप पनि प्रसाईंले लगाए ।

दलहरूले सुकुम्बासी समुदायलाई भोट बैंकका रूपमा मात्र प्रयोग गर्दै आएको आरोप लगाउँदै उनले भोट माग्ने होइन, बरु सबैलाई पक्की घर बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सम्पूर्ण राजनीतिक दल र मेयर बालेन शाहलाई “ठेगान लगाउने” चेतावनी समेत दिए ।

यसैबीच, सुकुम्बासी बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । समयसीमा सकिएसँगै महानगरले बस्ती खाली गराउने तयारी गरेको छ ।