बागमती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बा.प्र.०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहरा गम्भीर घाइते भएका थिए। उद्धार गरी हेटौँडा अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई तत्काल मृत घोषित गरे।
बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।