शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्ने

आइतबार, कार्तिक २३ २०८२

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठक शनिबार  पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेर निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गर्दै व्यापक जनपरिचालन गर्न निर्देशन दिएको छ।

यही कात्तिक १९ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १० वटा कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनपछि नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गरिएको हो।