शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आयोगको कार्यालयमा लामिछानेको साढे सात घण्टा बयान

बिहिबार, कार्तिक २० २०८२

काठमाडौँ । जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिएको छ।

बुधबार दिउँसो करिब १ बजे नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालय लगिएका लामिछानेसँग आयोगले करिब साढे सात घण्टासम्म सोधपुछ गरेको हो। बयानपछि उनलाई पुनः नख्खु कारागारमै फर्काइएको छ।

आयोगका अनुसार लामिछानेलाई भदौ २४ गते नख्खु कारागारबाट बाहिरिने क्रममा देखिएको अवस्थाबारे स्पष्ट पार्न बोलाइएको थियो। सोधपुछका क्रममा आन्दोलनका गतिविधि, संलग्नता र कारागारभित्र रहेका सम्पर्कसम्बन्धी विषयमा समेत प्रश्न उठाइएका थिए।

यसअघि आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग पनि सोही विषयमा बयान लिइसकेको छ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको उक्त आयोगलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमन र क्षतिको छानबिन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।