शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक जारी

बुधबार, कार्तिक १९ २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ।

बैठकमा सदस्यहरूले विभिन्न धारणा राख्दै १५औँ महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल गरिरहेका छन्।

पार्टी महामन्त्री गगन थापाले आगामी १६ पुसदेखि महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले अर्को वर्ष २७ वैशाखदेखि महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।

यसैबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले मंगलबार पेस गरेको महाधिवेशन कार्यतालिका व्यक्तिगत भएको जानकारी बैठकमा दिएका छन्।

आजको बैठकमा कार्यवाहक सभापति खड्काले सहमहामन्त्री यादवले राखेको कार्यतालिकाको प्रस्ताव उनको व्यक्तिगत  धारणा जानकारी गराएका हुन् ।

सहमहामन्त्री यादवले २७–३० वैशाखसम्म १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव हिजो केन्द्रीय समिति बैठकमा राखेका थिए।

गत २८ असोजदेखि नै कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ।