शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग भत्काउन महानगरको डोजर

आइतबार, कार्तिक १६ २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएर अवैध संरचना हटाएको छ।

महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ सो क्षेत्रमा निर्माण भएका अवैध संरचनालाई हटाएको जनाएको छ।

यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो ।

यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।