शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दुर्गा प्रसाईले गरे मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनकाे घोषणा

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरू गर्ने घोषणा गरेका छन्।

बुधवार राष्ट्रिय मानव अधिकार आयोगसँगको छलफलपछि प्रसाईंले तत्कालीन सात दल र नेकपा (माओवादी)बीच दिल्लीमा भएको १२ बुँदे सहमति भएको मितिसँग प्रतीकात्मक रूपमा सो दिनबाट नै व्यवस्था परिवर्तनको आन्दोलन सुरू गर्न लागेको जानकारी दिए।

प्रसाईंका अनुसार आन्दोलन मेचीदेखि महाकालीसम्म एकैपटक सुरू गरिनेछ।