शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटीको बैठक आजदेखि, अध्यक्ष नेपाल बैठकस्थलमा सुरक्षा विना उपस्थित

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आजदेखि सुरु हुँदैछ।

बैठक कार्तिक १४ गतेसम्म मिराकल भेन्युमा चल्नेछ। बैठकमा अध्यक्ष माधव कुमार नेपालसहित अन्य सदस्यहरू पनि उपस्थित छन्।

पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरू पनि बैठकमा सहभागी हुन बैठक स्थल पुगिसकेका छन् ।

अध्यक्ष नेपाल सरकारी सुरक्षा विना बैठकस्थलमा पुगेका छन्। सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरिसकेको छ।

उनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए।