शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद् विघटनको मुद्दा हेर्न प्रधानन्यायाधीशकाे नेतृत्वमा संवैधानिक इजलास गठन

आजदेखि १६ रिटमाथि सुनुवाइ

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रदान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासमा बुधबारदेखि मुद्दा पेशी तोकिएको हो।

संवैधानिक इजलाशमा न्यायाधीशहरू वरिष्ठताको आधारमा तोकिएको सर्वोच्च स्रोतले जनाएको छ।

‘जेन–जी आन्दोलन’पछिका राजनीतिक निर्णयहरू-प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन बदर तथा पुनःस्थापना माग-सम्बन्धी १६ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ सुरु हुनेछ। यी रिटहरू अधिवक्ता प्रेमराज सिलवाल, कीर्तिनाथ शर्मा पौडेललगायतले दायर गरेका हुन्।

रिट निवेदनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको दाबी गर्दै, राष्ट्रपति रामचन्द्र पौडेलले लिएका निर्णय सच्याउन माग गरिएको छ।

त्यस्तै, सर्वोच्चका पूर्वन्यायाधीशहरू नै मन्त्री बनेर सरकारमा सहभागी हुनु संविधानविपरीत भएको भन्दै दर्ता भएका रिट निवेदनहरू पनि एउटै इजलाशमा एकमुष्ट रूपमा सुनुवाइ हुने भएका छन्।