शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कस्तो रहला आज देशभरको मौसम ?

शुक्रबार, कार्तिक ७ २०८२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

शुक्रबार दिनभर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य प्रदेशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ। ती प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको भनाइ छ।