बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं : अध्यक्ष ओली

बुधबार, कार्तिक ५ २०८२

काठमाडौं । नेपाल संवत् ११४६ को अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै राष्ट्रमाथि आइपरेका चुनौतीहरूलाई एकताबद्ध भएर सामना गर्न सबै नेपालीलाई आह्वान गरेका छन् ।

सन्देशमा उनले नेपालको सांस्कृतिक विविधता र मौलिकता हाम्रो पहिचान भएको उल्लेख गर्दै त्यसको संरक्षणमार्फत राष्ट्रियता अझ सबल बन्ने बताएका छन् ।

उनले भनेका छन्, “हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाऔं । राष्ट्रिय स्वाधीनता र राष्ट्रहितका पक्षमा एकताबद्ध नेपाली नै हाम्रो वास्तविक शक्ति हो । विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा रूपान्तरण गरी सद्भाव र सहअस्तित्वको सुगन्ध फैलाऔं ।”