शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी एकापसमा ठोक्किए

शनिबार, कार्तिक १ २०८२

चितवन ।चितवनको नारायणगढ–मुग्लिन सडक खण्डस्थित गाइघाटमा सातवटा सवारी साधन आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार एउटा ट्रकले बसलाई ठक्कर दिएपछि अन्य सवारी पनि क्रमशः ती ट्रक र बसमा ठोक्किँदै श्रृङ्खलाबद्ध दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका छन्। उनीहरूलाई स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ।

घटनाको पूर्ण विवरण र घाइतेहरूको अवस्था सम्बन्धी थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।