शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तत्कालीन गृहसचिव दुवाडीमाथि उपत्यका छाड्न लगाइएको रोक हटाइयाे

शनिबार, कार्तिक १ २०८२

काठमाडौं । भदौ २३–२४ गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई अनुमति लिएर काठमाडौं बाहिर जान सहमति दिएको छ ।

शुक्रबार आयोगले एक पटकमा ७ दिनका लागि उपत्यका छाड्न अनुमति दिने निर्णय भएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।

हाल राष्ट्रिय योजना आयोगको सचिव रहेका दुवाडीले कामको शिलशिलामा उपत्यका बाहिर जान अनुमति माग्दै बिहीबार आयोगमा निवेदन दिएका थिए ।

आयोगले असोज १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित गृहसचिव दुवाडीसहित ५ जनालाई उपत्यका बाहिर जान रोक लगाएको थियो ।