शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आगामी निर्वाचनबारे निर्वाचन आयोग आज दलहरूसँग छलफल गर्दै

बिहिबार, असोज ३० २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका विषयमा आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको छ ।

प्रतिनिधि सभा विघटनपछि आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तयारीबारे आयोगले बिहान साढे ११ बजे दलहरूसँग संवाद गर्ने कार्यक्रम तय गरेको हो ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, छलफलका लागि विघटित प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २८ वटा दललाई निमन्त्रणापत्र पठाइसकिएको छ ।

आयोगले छलफलमार्फत निर्वाचन मिति, मतदाता नामावली अद्यावधिक, आचारसंहिता कार्यान्वयन तथा निर्वाचन खर्च व्यवस्थापनसम्बन्धी विषयमा दलहरूको सुझाव लिन लागेको बताइएको छ ।