शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले समसामयिक प्रस्ताव मस्यौदा गर्न तीन सदस्यीय समिति गठन

बुधबार, असोज २९ २०८२

काठमाडौं । नेकपा (एमाले) ले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे तयार पारिने समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकले उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा राजेन्द्र गौतम र महेश बर्तौला सदस्य छन्।

त्यसैगरी, बैठकका लागि तयार पारिने बहस नोट तयार गर्न पनि अर्का उपप्रमुख सूर्य थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। सो समितिमा विष्णु रिजाल र निरज आचार्य सदस्य छन्।

बैठकले यी दुबै समितिबाट तयार पारिने प्रस्ताव र बहस नोटका आधारमा राजनीतिक विषयमा विस्तृत छलफल गर्ने तयारी गरेको छ।