काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बिहान ललितपुरमा सुरु भएको छ। बैठक बुधबारदेखि शुक्रवारसम्म सञ्चालन हुने तालिका रहेको छ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रमलाई आधार बनाएर राजनीतिक प्रतिवेदन र राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तुत प्रस्तावका आधारमा बैठकमा सहभागी सदस्यहरूले विवरणपूर्ण छलफल गर्ने व्यवस्था गरिएको छ।
यसै सन्दर्भमा, एमालेले आगामी महाधिवेशन मंसिरको अन्तिमतिर गर्ने योजना बनाएको भए पनि ठ्याक्कै मिति तोकेको छैन। केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति र स्थान पनि अन्तिम गर्ने अपेक्षा गरिएको छ।
ललितपुरको जावलाखेलभनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरु भएकाे बैठक ३ दिनसम्म चल्नेछ ।