शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि सर्वोच्चमा रिट दर्ता सुरु

मंगलबार, असोज २८ २०८२

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आगजनीपछि सेवा ठप्प बनेको सर्वोच्च अदालत क्रमशः सामान्य लयमा फर्किन थालेको छ । अदालत प्रशासनका अनुसार आज (असोज २८) देखि रिट निवेदन दर्ता पुनः सुरु गरिएको छ ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरू दर्ता र सुनुवाइका लागि खुला गरिएको सर्वोच्चले जनाएको छ ।

फुलकोर्ट बैठकले आइतबार बसेर असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा मुद्दाका मिसिल तथा पुराना कागजात जलेर नष्ट भएका थिए ।

आगजनीपछि अदालतको नियमित सेवा अवरुद्ध भए पनि अत्यावश्यक मुद्दाहरू अस्थायी टेन्टमा सुनुवाइ हुँदै आएको थियो । अदालतले म्याद, हदम्याद र तारेखसम्बन्धी प्रक्रिया अर्को सूचना जारी नहुँदासम्म नगुज्रिने व्यवस्था गरेको छ ।