शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज  

आइतबार, असोज २६ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

राष्ट्रपति पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच आज शीतल निवासमा वार्ता हुने तय भए पनि स्वास्थ्य कारणले वार्ता स्थगित भई सोमबारका लागि सारिएको छ।

राष्ट्रपतिसँग तय गरिएको भेटवार्ता हुन नसकेपछि शनिबार जेनजी आन्दोलनका प्रतिनिधिहरूले शीतल निवास अगाडि नाराबाजी गरेका थिए।