शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

हुम्लाको चंखेलीमा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु र नौ जना घाइते

शुक्रबार, असोज २४ २०८२

 
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ देसीखोलामा शुक्रबार बिहान करिब ११ बजे बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चंखेली गाउँपालिका–६ मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेततर्फ जाँदै गरेको बोलेरो जीप (कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर) दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।

 मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ की बसन्ती बुढा, उनकी छोरी र सोही वडाका मानबीर बुढा रहेका छन् ।

घाइते हुनेहरूमा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस लामा, पार्वती सिरा, देवाङ्स बुढा, अनुपमा रोकाया, बिमला बुढा र एक जना नाम नखुलेको बालक रहेका छन् ।

घाइतेहरूलाई पिप्लाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

  ग्रामीण कच्ची सडकबाट जीप करिब ३०० मिटर तल खसेको बताइएको छ ।