शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपा सचिवालय बैठक बस्दै

शुक्रबार, असोज २४ २०८२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पनि बस्दैछ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु हुनेछ। आजको बैठकमा हालका राजनीतिक घटनाक्रम, आगामी विस्तारित बैठकका एजेन्डा, सद्भाव यात्राको तयारी र विपद् व्यवस्थापनमा पार्टीको भूमिका लगायत विषयमा छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए।

यसअघि असोज २२ गते बसेको सचिवालय बैठकमा उठाइएका विषयहरूको निरन्तरताका रूपमा आजको बैठक आयोजना गरिएको हो।