शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जाँचबुझ आयाेगले भन्याे : फाैजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्नुपर्दैन

मंगलबार, असोज २१ २०८२

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले फौजदारी अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न अनिवार्य नभएको जनाएको छ।

आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि आयोगको मुख्य कार्य भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाही सम्बन्धमा आवश्यक राय दिने हो।

विज्ञप्तिमा उल्लेख छ, “आयोगबाट प्रतिवेदन प्राप्त भए पश्चात् सरकार कानून बमोजिम निर्णय लिने गृह मन्त्रालयको मिति २०८२/०६/०९ को विज्ञप्ति प्रति आयोगको ध्यानाकर्षण भएको छ। तर, फौजदारी कसूरमा संलग्न जोकोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न आवश्यक छैन।”

यस सन्दर्भमा आयोगले नियमित फौजदारी अनुसन्धान र कारबाहीमा सरकारका संयन्त्रलाई स्वतन्त्रता दिइएको स्पष्ट गरेको छ।