शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अनेरास्ववियुले बालेन र सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गरायो

मंगलबार, असोज २१ २०८२

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गराएको छ।

मंगलवार साँझ अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो। टोलीले भदौ २४ मा जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र प्रहरीमाथि निर्घात कुटपिटसम्बन्धी उजुरी दिन आएको जनाएको छ।

अनेरास्ववियुले दिएको जानकारी अनुसार, संसददेखि सिंहदरबार र प्रहरी कार्यालयसम्म फैलिएको क्षतिको विषयमा प्रहरीमा औपचारिक जाहेरी दर्ता गराइएको हो।