शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्री घिसिङ र अर्यालको इलाम भ्रमण स्थगित

सोमबार, असोज २० २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री ओम प्रकाश अर्यालको आज निर्धारित इलाम भ्रमण स्थगित भएको छ।

दुई मन्त्री आज बिहान ११ बजे भारी वर्षा र पहिरोबाट प्रभावित क्षेत्रको अवलोकन गर्न इलाम जाने तयारीमा थिए। योजना अनुसार उनीहरू काठमाडौंबाट नियमित उडानमार्फत भद्रपुर पुग्ने र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम पुग्ने कार्यक्रम तय गरिएको थियो।

तर, उडान समय र टिकट व्यवस्थापनमा समस्या परेपछि भ्रमण रद्द गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार,“इलाम जान भनेर ११ बजे प्रस्थान गर्ने तयारी थियो। तर ११ बजेभन्दा अगाडिको टिकट उपलब्ध नभएपछि आजको भ्रमण स्थगित गरिएको हो।”

मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रीद्वय राहत सामग्रीसहित छिट्टै इलाम जाने नयाँ कार्यक्रम बनाइने तयारीमा छन्।

असोज १८ गतेको भीषण वर्षाले इलाममा ३७ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन्। साथै, राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरू क्षतविक्षत बनेका छन्। प्रभावित क्षेत्रमा हाल पनि उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।