शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

इलाममा बाढीपहिरोका कारण २५ जनाको मृत्यु

आइतबार, असोज १९ २०८२

इलाम । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण इलाममा मृत्यु हुनेको संख्या २५ पुगेको छ।

सशस्त्र प्रहरीका अनुसार इलाम नगरपालिका–६, घोसमा एकै घरका ६ जना पहिरोमा पुरिएर ज्यान गुमाएका छन्।
सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा पनि एकै घरका आमाछोरीसहित ५ जनाको मृत्यु भएको छ।

त्यसैगरी, माङसेबुङ गाउँपालिका–१ मा ३, देउमाई नगरपालिकामा २, खापखुकपुङ गाउँपालिका–१ मा १ र माइजोगमाई गाउँपालिका क्षेत्रमा ८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

बाढीपहिरोका कारण थप व्यक्ति बेपत्ता रहेका र उद्धारकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।