शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडक अवरुद्ध

शनिबार, असोज १८ २०८२

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि बाटो दुईतर्फी आवागमन पूर्णरूपमा रोकिएको प्रहरीले जनाएको छ।

हाल निरन्तर वर्षा भइरहेका कारण ढुंगा–माटो झर्ने क्रम रोकिएको छैन र पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन।

यी सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ, जसका कारण यात्रुहरूलाई ठूलो सास्ती पर्न थालेको छ।