शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कञ्चनपुरमा करेन्ट लाग्दा महिलाको मृत्यु 

मंगलबार, असोज १४ २०८२

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लाग्दा एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ५५ वर्षीया करडीदेवी रावत आफ्नै घरमा पंखा ‘प्लग’मा जोड्ने क्रममा करेन्ट लागेर घटनास्थलमै निधन भएको हो ।

यसैबीच, कृष्णपुर नगरपालिका–४ मौवाफाटामा सर्पदंशबाट एक किशोरी गम्भीर घाइते भएकी छन् । स्थानीय धनसिंह विककी करिब १५ वर्षीया छोरी सन्ध्या विकलाई सुतेको अवस्थामा सर्पले बाँया हातमा टोकेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको छ ।