काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिकका पूर्वसम्पादक हुन् ।
त्यसैगरी, प्रधानमन्त्रीका सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ हाल कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन् । उनले न्यायपालिकामा लामो समय काम गर्दै तीन जना प्रधानन्यायाधीश — रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्की — का निजी सहायकका रूपमा पनि काम गरिसकेका छन् ।
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्, जुन संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो ।