काठमाडौँ । काठमाडौँ महानगरपालिका–२० स्थित भीमसेनस्थान नजिकको एक घरमा आज बिहान आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दका अनुसार बिहान करिब ४ बजे लागेको आगो नेपाली सेना, काठमाडौँ र ललितपुर महानगरपालिकाका ६ दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा ल्याइएको हो ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आए पनि क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी छ ।