शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजको मौसम : कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको चेतावनी

आइतबार, असोज १२ २०८२

काठमाडौँ । देशभर हाल मनसुनी वायु कमजोर बनेको भए पनि स्थानीय वायुको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा साधारण बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली हुने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । यसमध्ये विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको चेतावनी दिइएको छ ।

आज राति पनि कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।