काठमाडौं । सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ। गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई नियुक्त गरेको हो।
अघिल्ला प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। रिजालमाथि भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको आरोप लागेको थियो।
यसअघि सरकारले आन्दोलनमा दमन गरेको आरोप लागेका काठमाडौं प्रहरी प्रमुखलाई पनि फेरेको थियो।
मंगलबार मात्र सरकारले गृह सचिव गोकर्णमणि दुवाडीलाई समेत सरुवा गरिसकेको थियो।