शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

बिहिबार, असोज ९ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बसेर त्यसपछिको कार्यतालिका अनुसार प्रधानमन्त्री कार्कीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो।

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। उनी गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकै जगमा अन्तरिम सरकार गठन भएको हो।

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरिसकेको छ। सरकारको प्रमुख प्राथमिकता सो निर्वाचन छ महिनाभित्र सम्पन्न गर्ने रहेको छ।