शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तीन प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

बुधबार, असोज ८ २०८२

काठमाडौं । बुधबार देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने देखिएको छ।

हाल मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको विभागले जनाएको छ।

बुधबार राति पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।