शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तीन सचिवको सरुवा, गृहका दुवाडी हटाइए

मंगलबार, असोज ७ २०८२

काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको छ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयको सचिव तोकिएको छ।

गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारी दिइएको छ भने योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

दुवाडी करिब २ महिनापछि ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाने कार्यक्रममा छन्।